Advertisement

असोज १७ गते सुनापतिमा वृहत साँस्कृतिक कार्यक्रम हुदै (के-के छ त आकर्षकहरु)

१२ असोज २०७९ – रामेछाप । यहि असोज १७ गते वडा दशै तथा शुभ-दिपावलीको अवसरमा विशेष शुभकामन आदनप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवी सँदिडँडामा हुने दशै विशेष शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
कला र संस्कृतिको पहिचान, समृध्द सुनापति युवाको अभियान’ का साथसुनापतिगाउँपालिका ३ नं. वडाको प्रायोजनमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । बृहत् साँस्कृतिक कार्यक्रमका मुल आयोजक समितिले कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल पार्न राष्ट्रिय तथा स्थानिय संञ्चार माध्याममा प्रचारप्रसालाईव्यापकता दिने जनाएको छ । समितिका संयोजक अविशेक सुनापति न्युजडटकमसँग भने, सुनापतिको कला संस्कृतिलाई उचाईमा पुर्र्याउन दशै विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

असोज १७ गते हुने कार्यक्रममा चर्चित पप गायक कमल खत्री, चर्चित सेलो गायक विश्व दोङ, चर्चित र्र्यापर वाबु बिलिभर,चर्चित गायक अविशेक तामाङ, गायक प्रमोद मोक्तान, गायक कविन योञ्जन,गायक मनोज योञ्जन, मोडल ल्हमिन थिङ लगायतको प्रस्तुति हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रमलाई कर्म लामाले सञ्चालन गर्ने भएको छ ।

11 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *