Advertisement

चर्चित मोडल निशा घिमिरेको उपचारका क्रममा निधन

काठमाडौँ। चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ। घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो । 

नर्भिक अस्पतालले अचेत अवस्थामा घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्वार गरेको थियो । उद्वार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिए पनि बचाउन नसकेको जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *