by सुजित घिसिङ
बैशाख १२ काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने अत्यधिक मतले विजयी भएका छन् ।उनले ५४ हजार १७६ मत सहित विजयी भएका छन् ।
उनका निकटतम नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।