Advertisement

नेकपा माओवादी सुनापति गाउँपालिकाको ३ नंं. वडा कमिटी गठन सम्पन्न, अध्यक्ष थिङ

सुनापति । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनापति गाउँपालिकाको  ३ नंं. वडा कमिटी गठन भएको छ।

आज बुधबार नेकपा माओवादी केन्द्र  ३ नंं. वडा संयोजक कुल बहादुर थिङको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको युवा नेता एवं सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङले सुनापति न्युज डटकमलाई बताउनुभयो ।

अध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा २९ सदस्यीय वडा कमिटीको सचिवमा रोज लामा ह्योल्मो सर्वसम्मतिले चयन भएको बताउनुभएको छ।

कार्यक्रमका प्रमुख आतिथ्य नेकपा (माओवादी केन्द्र ) को जिल्ला सदस्य दिपक ह्योल्मो, माओवादी केन्द्र जिल्ला सदस्य एवं सुनापति गाउँपालिका संयोजक ठुलो कान्छा तामाङ, श्रम तथा रोजगार विभाग सदस्य दीपक मोक्तान, बागमती प्रदेश उद्योग तथा वाणिज्य विभाग युवराज श्रेष्ठ, सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङ, हिलेदेवी काठमाडौ सम्पर्क मञ्चका संयोजक रोज थिङ, लगायतका नेताहरु उपस्थिति रहेको थियो।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *