Advertisement

नेपाल राष्ट्रिय तामाङ घेदुङले स्वर्गीय कुलमानको निधनप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

काठमाडौँ ।  नेपाल राष्ट्रिय तामाङ घेदुङले संस्थाका केन्द्रीय उपाध्यक्ष एवं समाजसेवी कुलमान लोप्चन तामाङको  निधनप्रति  श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाल राष्ट्रिय तामाङ घेदुङले मंगलबार केन्द्रीय कार्यालय बसुन्धरामा आयोजित एक कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योञ्जन, महासचिव प्रबिन कुमार बल, पूर्व क्याप्टेन एवं नेपाल राष्ट्रिय तामाङ घेदुङका सल्लाहकार देब कुमार लामा, स्वर्गीय कुलमान लोप्चन तामाङका छोरा राजनसिंह तामाङ, धर्मगुरु साङग़े दोर्जे लामा, फुर्बा लामा,  बुद्ध लामा, आशिष रिजाल, नेपाल राष्ट्रिय तामाङ घेदुङ कुवेतका अध्यक्ष केशरी तामाङ, पूर्व खेलकुद प्रशिक्षक सिंह बहादुर तामाङ, महिला विभागका अध्यक्ष बबिता तामङ सहित केन्द्रीय सदस्यहरूको उपस्थितिमा स्वर्गीय कुलमान लोप्चन तामाङको तस्वीरमा मार्ल्या अर्पण गरेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा पूर्व क्याप्टेन देब कुमार लामाले भौतिक शरीर नरहेपनि तामाङको सम्झना रहिरहने बताउँदै असामयिक निधनको खबरले मर्माहत बनाएको उल्लेख गरेका छन्।

त्यसैगरी स्वर्गीय कुलमानका छोरा राजनसिंहले आफ्ना बुवाको असामयिक निधनले मर्माहत भएको बताउँदै यस्तो घटना देश तथा बिदेशमा बस्नुहुने जो कसैलाई पनि नहोस भन्दै उहाँ हेर्दा निरोगी, मनमा निरोगी साच्चै असल व्यक्ति रहेको बताउँदै कोरोना भाइरससँग लड्दा लड्दै आफ्नो ज्यानको आहुति दिएको भन्दै स्वर्गीय बाबाको योगदानको बारेमा चर्चा गरेका थिए भन्ने, बाबाले गरिएको कामप्रति आफूले पनि निरन्तरता दिने बताएका छन् ।

राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर योञ्जनले स्वर्गीय कुलमान लोप्चन तामाङको परिवार र तामाङ  परिवारमा पर्न गएको पीडाप्रति दुःख व्यक्त गर्दै  मृताआत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 

कुलमान लोप्चन तामाङको जन्म वि.सं. २०२३ साल साउन ५ गते काभ्रे शिखर आम्बोटे – ८ मा बुवा नारायण सि. तामाङ,  आमा सोम रानी तामाङको कोखबाट जन्म भई गत साउन २९ कोरोना संक्रमित भई उपचारको क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा ५५ वर्षको उमेरमा निधन भएको थियो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *