Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nagarik1/sunapatinews.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the header-footer-elementor domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nagarik1/sunapatinews.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-social domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nagarik1/sunapatinews.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nagarik1/sunapatinews.com/wp-includes/functions.php on line 6121
विद्यालयको अस्थायी टहरा हटाउन वडाअध्यक्ष थिङलाई निर्वाचनको प्रभाव - Sunapati News
Advertisement

विद्यालयको अस्थायी टहरा हटाउन वडाअध्यक्ष थिङलाई निर्वाचनको प्रभाव

६ कार्तिक २०७९ – रामेछाप । रामेछाप जिल्ला सुनापति गाउँपालिका ३ नं. वडा साँदीडँडामा विद्यालयको अव्यवस्थित टहराहरु हटाउन पटक पटक सुचना निकाल्दा पनि हटाउन सकिएन । यस अघि पनि पशुपति मा.वि. को विद्यालय व्यवस्थापन समितिले एक सुचना जारी गर्दै ३५ दिने भित्र टहरा हटाएर विद्यालयको जग्गा सिमाङ्कन गर्ने भनिएको थियो ।

तर उक्त सुचना कार्यन्वयनमा आउन सकिएन । विद्यालयको जग्गाबाटै सडक निर्माण भएको छ । विद्यालयकै जग्गाभित्र अव्यवस्थित ढंगले अस्थायी टहरो निर्माण गरिएको छ, विद्यालयको जग्गा संरक्षण गर्न तारवार गरिएको छैन । जसको कारण विद्यालयले आफ्नो जग्गा लिने कुरा थप जटिल बन्दै गएको छ । गाउँपालिकाको केन्द्र भएको कारणले पनि हाल अस्थायी टहरो निर्माण गरिएको ठाउँमा धेरैको आँखा पर्ने गरेको छ ।

विद्यालयको जग्गासँग जोडेर स्थायी संरचना निर्माण गर्दा पनि विद्यालयले आफ्नो जग्गा छुटाउने जाँगर देखाएको छैन् ।

गत स्थानिय निर्वाचनमा निर्वाचित ३ नं. वडा अध्यक्ष कुल बहादुर थिङले मिति २०७९/०६/१ गते अव्यवस्थित टहरा हटाउन सुचना जारी गरेको थियो । उक्त सुचनाको समयावधि आज समाप्त भएपछि सुनापति गाउँपालिका ३ नं. वडा कार्यलयमा वैठक वसि मंसिर १५ गते सम्म म्याद थप गरिएको छ ।

विद्यालयको आफ्नो भएको जग्गा नापजाप गरि सिमाङ्कण गर्न नसकिएपछि उक्त अव्यवस्थित टहराहरु कौडिको भाउमा भाडा असुलिरहेको छ।विद्यालय व्यवस्थापन समितिले यस अघि सुचना जरी गर्दै आफ्नो जग्गा एकिन गरी विद्यालयको जग्गाभित्र रहेको अव्यवस्थित टहरा हटाई तारबार लगाउने भनेर जनतालाई भ्रम फिजाएको थियो पनि यस अघि पनि पटक पटक सुचनाजारी गरिएको थियो । यस्तो सुचना जनतालाई कुनै नौलो भने हैन। अव जनताले न त वडा अध्यक्षको सुचना पत्याउन सक्ने न त वि.व्य.स. को सुचना पत्याउने अवस्थानै छ ।

सरकारको निर्णायक स्थानमा रहेर पनि काम नै नगरी सुचना मात्र जारी गरेर विद्यालयभित्र आफ्नो राजनीतिक थलो वनाईरहेको छ । स्थानिय सरकार विद्यालय जस्तो पवित्र स्थलमा राजनितिक थलो वनाएर वर्षेनि सयो विद्यार्थिहरुको भविस्य अन्धकार तिर धकेल्ने प्रयत्न तिर छ ।

6 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *