रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको निवर्तमान अध्यक्ष धावा लामाले सुनापति गाउँपालिका बासी जनतालाई धन्यवाद ज्ञापन गरेका छन् । नेकपा माओवादी केन्द्र केन्द्रिय अनुशासन विभागका सदस्य तथा प्रभावशाली नेता समेत रहेका लामाले आफूले सुनापतिको समृद्दिको यात्रा र आफ्नो पार्टीलाई फेरि विश्वास गरेकोमा आफू हर्षित भएको बताएका छन् ।
आफ्नो नेतृत्वमा सुनापति गाउँपालिकामा जनताको माग र आवश्यकतालाई केन्द्रमा राखी आफूहरुको क्षमताले भ्याएसम्म राम्रो गर्ने कोसिस गरेको बताउँदै मुल्यांकन गर्ने जिम्मा पार्टीको नेता तथा आम जनतामा सुम्पेको बताए ।
‘हामिले बोकेको बिचार र आदर्श, सहित सहीदहरूले खोजेको सुनापति र सबै जनताको माग र आवश्यकतालाई मध्यनजरमा राखी हामीले हाम्रो टिमले भ्याएसम्म समृध्द सुनापतिको यात्रा अघि सार्यौं।’ स्थानिय निर्वाचन पछि जित हासिल गरेपश्चात् विजयसभा कार्यक्रममा आफ्नो भनाई राख्दै भनेका छन्, ‘जनताले मेरो नेतृत्वमा गरेको कामको मुल्याङ्कन गर्दै फेरी पनि नेकपा माओवादी केन्द्रको उम्मेदवारहरु अध्यक्ष, उपाध्यक्ष लगाएतका वडाध्यक्ष एवं सम्पुर्ण जनप्रतिनिधिहरूलाई बिजयी गराउनु भएकोमा, सबै कमरेडहरु, युवा, बिभिन्न सरकारी ग़ैरसरकारी संस्था, कर्मचारी, पेशा व्यवसायी लगाएतका सम्पुर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गर्दछु । मेरो बाँकी समय समृध्द सुनापति निर्माण, सम्पुर्ण जनप्रतिनिधिहरु र सुनापतिको जनताको समस्या समाधानमा समर्पित रहने छु ’।