चैत्र १३ रामेछाप । सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीको एकाएक सरुवा गरेपछि सुनापति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बिहिन हुँदा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कामकाज प्रभावित भएको छ ।
सुनापति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी सम्हाल्न विष्णु प्रसाद सुवेदी गत असोज महिनामा गाउँपालिकामा हाजिर भएका थिए ।
स्रोतका अनुसार प्रमुख प्रशासकिय अधिकृत विहिन हुन सोभनिय नभएको सेवाग्राहीहरुले आरोप समेत लगाएका छन् । नागरिकहरुलाई छिटोछरितो सेवा दिनुको सट्टा उल्टै अध्यक्ष र उपाध्यक्ष बिचको आपसी राजनितिक खिचातानि सङ्गै आपसी छलफल, सरसल्लाह समझदारी हुन नसक्दा प्रमुख प्रशासकिय अधिकृत सुवेदी सुनापति गाउँपालिकाबाट मन्त्रालयमा सरुवा भएका हुन । गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत विहिन भएको करिब दुई महिना वित्न लाग्यो । तर प्रमुख प्रशाकिय अधिकृतको आउने अत्तोपत्तो छैन ।
नागरिकहरुले स्थानीय तहको कामप्रति असन्तुष्ट देखाउदै स्थानीय सरकारले सुशासनको प्रत्याभूति दिन नसकेको बताउदै, भन्छन्, ‘सिंहदरबारको अधिकार गाउँ-गाउँमा भनिएको थियो, अहिले राजनितिक खिचातानिले जनतालाई असुबिधामा पार्नु र बिना दोषको सास्ती र सजाय भोग्नु परेको स्पष्ट देखिन्छ नै । बिनाकारण जनतालाई सास्ती दिने र गाउँपालिकाबाट प्रबाह हुने सेवा सुबिधा नै ठप्प हुने गरेर गरिएका सम्पुर्ण निर्णयको बारेमा छिट्टै सम्बन्धित निकायको ध्यान दिन देखिन्छ ।