Advertisement

सुनापति गाउँपालिकाले छलपकड गरेको भन्दै थिङको आक्रोश, न्याय नपाए जनसागर अ​र्लिने चेतावनी

रामेछाप । रामेछाप जिल्ला सुनापति गाउँपालिकामा पछिल्लो समय जालझेल र एकले अर्कोलाई जिम्मेवारी देखाएर कर्मचारी देखि जनप्रतिनिसम्म पन्छिन खोजि जनतालाई दुख दिने प्रयत्न रहेको भन्दै स्थानिय हिक्मत थिङको आरोप छ ।केहि समय अगाडि मात्र गाउँपालिकाले जे. सि. बि. (ब्याक हो लोडर) भाडामा दिने निर्णय  गरि बिज्ञापन समेत निकालिएको थियो । तर उक्त ब्याक हो लोडरमा अनियमितता भएको भन्दै स्थानिय हिक्मत थिङले बारम्बार मौखिक र निवेदन पेस गर्दा पनि ब्याक हो लोडरको आयव्याय विबरण सार्वजनिक गर्न आनाकानि गर्दै यो विषय ढाकछोप गर्न लागेको आरोप समेत लगाएको छ।

गत २०७८/११/२० गते थिङले गाउँपालिकामा ब्यक हो लोडरको आयब्याय विबरण सार्वजनिक गरिपाउँ भनि निबेदन दिदा प्रमुख प्रशासकीय अधिकृतले प्राविधिक शाखा बाट उपलब्ध हुन्छ भनिएको तर प्राविधिक साखा तथा डोजर संचालनको सदस्य सचिव सव-ईन्जिनियरले ४/५ दिनमै सार्वजनिक हुन्छ भनिएता पनि पछि आएर ढाकछोप गर्दै वडा अध्यक्षलाई सोध्नु र मिटिङ बसेर मात्र हुन्छ भनेर पन्छिन खोजेको आरोप लगाएको छ ।

उक्त विवरण एक हप्ताभित्र उपलब्ध नभए चुनाबमा जिताउन जुन खालको कसरत थियो त्यहि कसरतले जनसागर उतारी सडकबाटै प्रष्ट पार्ने चेतावनि समेत दिएको छ ।

यस विषयमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठले सरकारी प्रकृयाहरु तोकियको समयमा पुरा हुन नसक्ने समेत भन्नुभयो। प्राविधिकले भने जति बेला पनि बैठक र  ४/५  दिन भन्दै आफू छल्न खोजिएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *