by Sunapati News
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्रले रामेछापको जिल्ला इन्चार्जमा युवराज चौलागाईलाई जिम्मेवारी दिएको छ । नेता चौलागाई विगत लामो समयसम्म नेकपा माओवादी केन्द्रको विदेश विभागको जिम्मेवारीमा रहेर काम गर्दै आएका र उनलाई पहिलो पटक जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।