Advertisement

Author: Sunapati News

माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

शिक्षा
बैशाख २३ काठमाडौं । माउन्टेन मल्टिपल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रविन कुमार बलले उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेका छन् ।उच्च शिक्षा हासिल गर्नका लागि जापान जान लागेका ३३ जना विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै शनिबार मध्यपुरथिमिको गट्ठाघर स्थित ‘जर्मन होम हस्पिटालिटी’ मा कार्यक्रमको आयोजना गरिएको हो ।स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा देब घिसिङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।अतिथिहरु बबरमान तामाङ, राजेन्द्र कुमार मोक्तान, श्याम लाल योञ्जन, हिरा लाल दोङ्ग, अभय मोक्तान, सुमन कुमार मोक्तान लगाएत पत्रकार सहित जापान जाने विद्यार्थीहरुलाई खादा र मायाको चिनो प्रदान गरी बधाई तथा विदाई गरिएको थियो ।माउन्टेन मल्टिपल कन्सल्टेन्सी भक्तपुर र चाबहिल शाखाबाट आवेदन दिएका शत प्रतिशत विद्यार्थीहरुले भिषा...
रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

समाचार
बैशाख १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ ।मंगलबार उपचारका क्रममा दिउँसो २ बजेतीर काठमाडाैकाे मेडासिटी अस्पतालमा थापाकाे निधन भएकाे हाे ।चितवन - २ मा उपनिर्वाचनकाे प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइ मेडासिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।...
डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

राजनीति
 मंसिर ५ काठमाडौं । प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् ।हालसम्म गनेको १ हजार मत मध्ये प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मत सहति अग्रता कायम गरिरहेका छन् भने, उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । १ हजार मत गन्दा सागर ढकालले २ सय ४१ मत पाएका छन् भने, नेपाली कांग्रेस विपिका उम्मेदवार कर्णबहादुर मल्लले २ सय ९ मत प्राप्त गरेका छन् ।...
कैलाली ५ को मतगणना स्थल बाहिर नाराबाजी

कैलाली ५ को मतगणना स्थल बाहिर नाराबाजी

राजनीति
मंसिर ५ काठमाडौं । कैलाली क्षेत्र नम्बर ५ को मतगणना स्थलबाहिर नाराबाजी सुरु भएको छ । मतगणनामा ढिलाई भएको भन्दै एमाले, स्वतन्त्र उम्मेदवारका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।कैलाली ५ मा कांग्रेसले वडागत मतगणना गर्नुपर्ने अडान राखेको छ भने अन्य दलले त्यसलाई स्वीकारेका छैनन् । विवादकै बीच मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि उनी आरम गरिरहेका छन् । मुख्य निवाृचन अधिकृतको स्वास्थ्य समस्यासँगै कैलाली ५ को मतगणना अनिश्चि बनेको छ ।...
सुनापति गाउँपालिका २ को वडाअध्यक्षमा तामाङको बागी उम्मेदवार

सुनापति गाउँपालिका २ को वडाअध्यक्षमा तामाङको बागी उम्मेदवार

समाचार
रामेछाप। नेपाली कांग्रेस पुर्व जिल्ला कार्यसमिति सदस्य नेता सुकराम तामाङले सुनापति गाउँपालिका वडा नं. २ को वडाअध्यक्ष पदमा बागी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।पार्टी भित्रको अराजक तत्वहरुलाई परास्त गर्न पनि आफ्नो उम्मेदवारी भएको कुरा जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिदै तामाङले आफु लामो समय देखी नेपाली कांग्रेस पार्टीबाट राजनीति गरे पनि पार्टीले जहिले पनि अगाडि बढ्ने बाटोहरू घेरा लगाएकोले आफुले वडा अध्यक्ष पदमा बागी स्वतन्त्र उम्मेदवारी दिएको बताए । पार्टीको कार्यकर्ताहरु अब सचेत भैसकेकोले सधै पार्टीको अपहेलन सहेर नबस्ने पनि तामाङले बताए। सम्मुन्नत दिमीपोखरी सम्मानित दिमीपोखरी बासी भन्ने मुल नारालाई आत्मसात गर्दै आफुले उम्मेदवारी दिएको र ६७४३ वडाहरु मध्ये आफ्नो वडा १ नम्बरको वडा बनाउने पनि उद्घोष र प्रतिबद्धता प्रतिबद्धता जनाउनुभयो ।...
सुनापति गाउँपालिका–२ मा माओवादी केन्द्रबाट वडा अध्यक्षको भागबण्डा नमिल्दा बलको बागी उम्मेदवारी

सुनापति गाउँपालिका–२ मा माओवादी केन्द्रबाट वडा अध्यक्षको भागबण्डा नमिल्दा बलको बागी उम्मेदवारी

राजनीति
रामेछाप । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको सुनापति गाउँपालिका वडा नं.–२ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको भागबण्डा नमिल्दा प्रबल कुमार बलले निर्वाचन अधिकृतको कार्यालय पुगेर बागी उम्मेदवारी दर्ता गरिएको छ। उम्मेदवारी दर्तापछि सुनापति न्युज डटकमसँग प्रतिक्रिया दिँदै बलले आफ्नो उम्मेदवारी वडा नं.–२ दिमीपोखरीवासीका आवाजलाई प्रतिनिधित्व गर्ने बताए । ‘दिमीपोखरीवासीको प्रतिनिधित्व गरि मेरो उम्मेदवारी परेको छ, मलाई विश्वास गर्ने छन्,’ उनले भने । को हुन् त वडा अध्यक्षका बागी उम्मेदवार बल ? वडा अध्यक्षका उम्मेदवार बल लामो समयदेखी नेकपा माओवादी केन्द्रको राजनितीमा आबद्ध रहेका छन् । उनी परिवर्तनका लागि परिवार सहित जनयुद्धमा होमिए। । विक्रम संवत् २०५९ चैत्र २९ गते चैनपुर मोर्चा लड्दा लड्दै  आफ्ना भाइ गुमाएका थिए ।...
सुनापति गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सितामाया मोक्तानको स्वतन्त्र उम्मेदवारी

सुनापति गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सितामाया मोक्तानको स्वतन्त्र उम्मेदवारी

समाचार
रामेछाप ।  नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिकाको सदस्य नेतृ सितामाया मोक्तानले सुनापति गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।आफ्ना शुभचिन्तक सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मोक्तानले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उमेदवार दर्ता गराएपछि मोक्तानले सुनापति न्युज डटकमसँग भने, आफु लामो समय देखी नेकपा माओवादी पार्टीबाट राजनीति गरे पनि पार्टीले जहिले पनि सिन्डिकेट लगाएकोले आफुले गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । पार्टीको कार्यकर्ताहरु अब सचेत भैसकेकोले सधै पार्टीको सिन्डिकेट सहेर नबस्ने पनि मोक्तानले बताए। गाउँपालिकाको उपाध्यक्षमा आफुले जितेमा गाउँपालिकाको विकासको लागि छुट्टै योजना तयार गरेको बताए । आफु निर्वाचित भएमा आफ्नो कार्यकालमा आफुलाई कुनै भ्रष्टाचार गरेको भन्ने आरोप लागेमा जनताको अगाडी फासिमा चढ्न...
सुनापति गाउँपालिकाको डोजर हिसाब गाउँपालिका आफै स्पष्ट छैन : लाखौं अनियमितता

सुनापति गाउँपालिकाको डोजर हिसाब गाउँपालिका आफै स्पष्ट छैन : लाखौं अनियमितता

समाचार
रामेछाप जिल्ला सुनापति गाउँपालिकामा लामो समयदेखि जनताको चासो गुनासोको विषय जे. सि. बि. (ब्याक हो लोडर) को आयव्याय खर्च विवरण सार्बजनिकको  प्रस्ताब जनतालाई अझै झुक्याएर पन्छिन खोज्दै छ । गत फागुन ६ गते सुनापति गाउँपालिकाले एक सुचना प्रकाशन गर्दै गाउँपालिकामा चलिरहेको डोजर भाडामा दिने निर्णय गरेको थियो ।त्यस सुचना प्रकाशन हुनु लगतै स्थानिय युवा हिक्मत थिङले गाउँपालिकामा हालसम्म जे. सि. बि. (ब्याक हो लोडर) चल्दा भएको आयव्याय खर्च विवरण र मर्मत खर्च विवरण सार्बजनिक गरेर मात्र भाडामा दिने भनि निवेदन पेश गरिएको थियो र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले फाल्गुन २६ गते अन्तिम समय लिएर १ हप्तामा उपलब्ध गराउने भनिएको थियो । तर आज सम्म सहि तथ्य उपलब्ध नगराएको भन्दै  आम जनताको आक्रोश छ। गाउँपालिकाले डोजर चलाएको समयमा भरपाई गर्दा न मिति नै छ न हिसाब नै मिलेको छ । थिङले गाउँ...
सुनापति गाउँपालिकाको अध्यक्ष पदमा बाबुराम तामाङको चर्चा हुँदै

सुनापति गाउँपालिकाको अध्यक्ष पदमा बाबुराम तामाङको चर्चा हुँदै

समाचार
रामेछाप । वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सुनापति गाउँपालिकाको अध्यक्ष पदमा बाबुराम तामाङले गाउँपालिकाकै पहिलो सशक्त दाबी गर्ने भएका छन् । स्थानीय तहको निर्वाचन–२०७४ मा सुनापति गाउँपालिका वडा नं. ३ को वडा अध्यक्षमा तामाङ निर्वाचित भएका थिए। तामाङले सुनापति न्युज डटकमसँग भने, “२०७४ मा ३ नं. वडावासीले जनताकै काम गर्न जनताले नै हाँसीखुसी जिताएर पठाएको हौं त्यसैले जनताले सोचेका विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतलाई जोड दिँदै आफु गाउँपालिका अध्यक्षमा दावेदार गरिएको जानकारी दिनुभयो।...
भोलि हिलेदेवी सम्पर्क समन्वय समितिको प्रथम विस्तारित बैठक तथा वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम हुने

भोलि हिलेदेवी सम्पर्क समन्वय समितिको प्रथम विस्तारित बैठक तथा वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम हुने

राजनीति
काठमाडौं : गाउँ नगर घर घर जाऔँ । माओवादी केन्द्रलाई विजयी गराऔं भन्ने मूल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रामेछाप काठमाडौ सुनापति हिलेदेवी वडा नं. ३ सम्पर्क समन्वय  समितिको आयोजनामा हुन् गइरहेको प्रथम विस्तारित बैठक तथा वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम भोलि हुने भएको छ ।  हिलेदेवीबाट काठमाडौ उपत्यकामा विभिन्न पेश गरी बसोबास गर्ने सम्पूर्णलाई लक्षित गर्दै भोलि शनिबार दिउँसो १ः०० बजे आर. बी. क्याट्रिङ्ग होम, मित्रपार्क, चाबहिलमा हुने प्रशिक्षण कार्यक्रममा शुभचिन्तक एवं जन समुदायहरुमा उपस्थितिको लागि अपिल गरेका छन्। कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य टंकलाल घिसिङ (टलक)ले कार्यकर्तालाई प्रशिक्षण दिने छन् ।...