Advertisement

खेलकुद

सुनापतिमा पहिलो पटक १२ औं राष्ट्रिय जुनियर तेक्वान्दो हुने

सुनापतिमा पहिलो पटक १२ औं राष्ट्रिय जुनियर तेक्वान्दो हुने

खेलकुद
पौष २ रामेछाप।सुनापति गाउँपालिका तेक्वान्दो आई.टि.एफ एकेडेमीको आयोजनामा यहि मिति पौष ९ र १० गते सुनापति गाउँपालिका वडा नं. ३ हिलेदेवीमा १२ औं राष्ट्रिय जुनियर तेक्वान्दो आई.टि.एफ प्रतियोगितामा ७ प्रदेशको खेलाडीहरु साथै दुई विभागीय आर्मी क्लब र एपिएफ क्लब सहभागी हुने छ भने, उक्त कार्यक्रम बाबुराम तमाङ्गको संयोजकमा सम्पन्न हुने छ। यस खेलले सुनापति गाउँपालिकालाई राष्ट्रिय रुपमा परिचित गराउन तथा आन्तरिक पर्यटन बढाउन साथै सुनापतिको खेल क्षेत्रलाई उचाईमा पुर्र्याउन उक्त प्रतियोगिताको आयोजना गरेको संयोजक बाबुराम तामाङ्गले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो। तमाङ्गले गत वर्ष पनि जिल्ला स्तरीय प्रतियोगिता गरिसकेको जानकारी दिनुभयो।सुनापति तेक्वान्दो आई.टि.एफ एकेडेमीले नियमित रुपमा तेक्वान्दो ट्रेनिङ्ग पनि संचालन गर्दै आइरहेको छ। गत वर्ष मात्र उक्त एकेडेमीबाट ६ जनाले ब्लाक बेल्ट् लिईसकेका छन् भने,...
साउदीसँग अर्जेन्टिना पराजित

साउदीसँग अर्जेन्टिना पराजित

खेलकुद
मंसिर ६ काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदीसँग हार व्यहोरेको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोलअन्तरले पराजित हुँदै अर्जेन्टिनाले हार व्यहोरेको हो । लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो । खेलको २८औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए । तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ४९ औं मिनेटमा सलेह ...
इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल

इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल

खेलकुद
मंसिर ६  काठमाडौं । बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतार विश्कवप २०२२ मा इरानमाथि ६–२ को जित निकालेको छ । सहज जितसँगै इङ्लिस टोलीले विश्वकपमा सुखद् सुरुवात गरेको छ । गारेथ साउथगेटको टोलीलाई सहज जित दिलाउन साकाले दुई गोल गर्दा जड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रसफोर्ड र ज्याक ग्रिलिसले एक–एक गोल गरेका थिए । कप्तान ह्यारी केनले दुई गोलको अवसर सृजना गरेका थिए । इरानका मेहदी तारेमीले दुई गोल फर्काए । जितसँगै इङ्ल्यान्डले समूह ‘बी’मा तीन अंक जोडेको छ ।...
बर्खा नलाग्दै मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

बर्खा नलाग्दै मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, काभ्रे, मनाङ, गोरखा, म्याग्दी, पाल्पा, पाँचथरलगायतका जिल्लामा सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले ट्वीट गरेको एक भिडियोमा मनाङको सदरमुकाम चामेमा डरलाग्दो गरी उर्लिएको बाढीले एउटा मन्दिर बगाएको देखिन्छ । वस्तीको बीचबाट बाढी बगेको देखिन्छ ।प्राधिकरणले बर्खा नलाग्दै आएको बाढीले क्षति पुर्याएको मनाङको उदाहरण दिंदै पूर्वतयारी थाल्न आग्रह गरेको छ । ‘अहिले नै पूर्वतयारी थाले तपाईंको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ,’ प्राधिकरण...
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।आगामी आर्थिक वर्षको लागि अथमन्त्री बिष्णु पौडेलले १५ खर्ब ४७ अर्बको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्बको आकारको बजेट थियो ।सरकारले केन्द्र सरकारको चालु खर्चको लागि ६ खर्ब ७८ अर्ब बिनियोजन गरेको छ भने विकास खर्चको लागि ३ खर्ब ४७ अर्ब बिनियोजन गरेको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?...
कोरोना कहर : युके-भारतीय भेरियन्टको ‘हाइब्रिड’ भाइरस भियतनाममा भेटियो

कोरोना कहर : युके-भारतीय भेरियन्टको ‘हाइब्रिड’ भाइरस भियतनाममा भेटियो

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा फेला परेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् ।भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको बताएका छन् । उनले सरकारको एक बैठकमा यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको रहेको बताएको बीबीसीले जनाएको छ ।सन् २०१९ को अन्तिममा चीनमा पहिलो पटक फेला परेको भनिएको कोरोना भाइरस हजारौंपटक उत्परिवर्तन भएको पाइएको छ । यसका बेलायत र भारतीय भेरियन्ट ज्यादा खतरनाक भएको वैज्ञानिकहरुले जनाएका छन् ।भियतनाममा फेला परेको नयाँ भेरियन्टले मानव स्वास्थ्यमा पुर्‍याउने असरबारे अध्ययन हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ । भियतनामको नयाँ भेरियन्टको नाम भने राखिएको छैन । हालसम्म जुन देशमा फेला पर्यो त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको छ ।विश्व स्वास्थ्य संगठन (डब...
विद्यार्थीलाई सम्पर्कमा आउन त्रिविको अपिल, वैकल्पिक विधिबाट पढाइ र परीक्षा

विद्यार्थीलाई सम्पर्कमा आउन त्रिविको अपिल, वैकल्पिक विधिबाट पढाइ र परीक्षा

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पढाइ र परीक्षा गर्ने तयारी भइरहेकोले सम्पर्कमा आउन विद्यार्थीलाई अपिल गरेको छ। उपकुलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गर्दै रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अपिल गरेका छन्। ‘सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयमा सम्पर्कमा आउन अनुरोध गर्दछु,’ उनले भनेका छन्।रोकिएका कक्षा पनि वैकल्पिक माध्यमबाट सुचारू हुने त्रिविले बताएको छ।...
चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु : डा. देवकोटा

चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु : डा. देवकोटा

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई कसैले फकाएको र कसैले थर्काएको बताएका छन् । केहीको आवाजको रेकर्ड नै राखेको बताउँदै उनले आवश्यक परेमा नाम पनि भन्ने बताएका छन् । राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका देवकोटाले सामाजिक सञ्जालमा देवकोटाले लेखेका छन्, ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए÷थर्काए, समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौंला । कसैकसैको त भ्वाइस रेकर्ड नै राखेको छु । ’आफू विचलित भएको भए आफ्नो मात्र नभई आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो भन्दै उनले तर आफू अडिग रहेको बताएका छन् ।उनले लेखेका छन्, ‘लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्ध भएपछि पूरा गर्नुपर्दछ ।’यो खबर पढेर तपाईलाई कस्तो ...
चार सातापछि संक्रमण घट्न सक्छ : स्वास्थ्यमन्त्री

चार सातापछि संक्रमण घट्न सक्छ : स्वास्थ्यमन्त्री

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चार सातापछि संक्रमणको गति घट्न सक्ने बताएका छन । अहिले फैलिएको नयाँ भेरिएन्ट संक्रामक र घातक भएको बताउँदै मन्त्री त्रिपाठीले मानवीय आवतजावत भैरहेको र केही कार्यालय खुलै भएकाले संक्रमण घट्न नसकेको बताए । सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको जानकारी दिँदै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई कडाइ गर्नुपर्ने बताए ।सरकारले कोभिड-१९ को उपचारका लागि १५७ वटा अस्पताल छुट्याएको र ४५ निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको मन्त्री त्रिपाठीले जनाए । बैशाख महिनामा मात्र उपचारका लागि ४५ करोडको शोधभर्ना गरिएको समेत उनले जनाए ।स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अपेक्षारुपमा संक्रमण दर घट्न नसकेको बताए । बिरामीको संख्या बढिरहेको जनाउँदै उनले काठमाडौंमा संक्रमण घटेपनि तुलनात्मकरुपमा घट्न नसकेको जनाए । ‘संक्रमण अझैपनि समुदायमै छ’ उनले भने ।...
बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि

बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आरटी पिसिआर गरि बिहिबार, शुक्रबार र शनिबार तीन दिनमा आएको  परिक्षणको  नतिजा अनुरुप बूढानीलकण्ठ नगरपालिका वडा नं ८ का तीन जना, वडा नं ३ र वडा नं ७ का एक एकमजना गरि ५ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमण पुष्टि भएका पाँचजना मध्ये बू.न.पाका वडा नं ८ का ३५ वर्षीय पुरुष, ३२ र ४१ वर्षीय महिला,  वडा नं ३ का २३ वर्षीय पुरुष तथा वडा नं ७ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ बूढानीलकण्ठ नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहालले जानकारी प्रदान गर्नुभएको छ। संक्रमण पुष्टि भएकाहरु सबै अन्य जिल्लाबाट उपत्यकामा केहि दिन अघि मात्रै प्रवेश गरेको जानकारी समेत दाहालले बताउनुभएको छ। बू.न.पा वडा नं ७, वडा २ र वडा ३ मा पुष्टि भएका संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ्गको कार्य आइतबारदेखि...