असोज १७ गते सुनापतिमा वृहत साँस्कृतिक कार्यक्रम हुदै (के-के छ त आकर्षकहरु)
१२ असोज २०७९ – रामेछाप । यहि असोज १७ गते वडा दशै तथा शुभ-दिपावलीको अवसरमा विशेष शुभकामन आदनप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवी सँदिडँडामा हुने दशै विशेष शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।कला र संस्कृतिको पहिचान, समृध्द सुनापति युवाको अभियान’ का साथसुनापतिगाउँपालिका ३ नं. वडाको प्रायोजनमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । बृहत् साँस्कृतिक कार्यक्रमका मुल आयोजक समितिले कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल पार्न राष्ट्रिय तथा स्थानिय संञ्चार माध्याममा प्रचारप्रसालाईव्यापकता दिने जनाएको छ । समितिका संयोजक अविशेक सुनापति न्युजडटकमसँग भने, सुनापतिको कला संस्कृतिलाई उचाईमा पुर्र्याउन दशै विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो ।असोज १७ गते हुने कार्यक्रममा चर्...