Advertisement

राजनीति

झापा ५ मा ओलीलाई झण्डै ८ हजार मतको अग्रता

झापा ५ मा ओलीलाई झण्डै ८ हजार मतको अग्रता

राजनीति
मंसिर ६ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन् ।यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गरेका छन् ।  १ लाख २, हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म  ३४ हजार ८०३ मतगणना भइसकेको छ । ...
चितवन २ मा रवि लामिछानेले लिए अग्रता, एमालेका पाेखरेल पछि परे

चितवन २ मा रवि लामिछानेले लिए अग्रता, एमालेका पाेखरेल पछि परे

राजनीति
मंसिर ६ काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् ।मंगलबार दिउँसो २ बजेसम्म भएको मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् ।एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढ्ने बताइन्छ ।...
प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

राजनीति
मंसिर ६ काठमाडौं । जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् ।कञ्चनपुर–१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् ।माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन्। सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।  ...
रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घन्टी

रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घन्टी

राजनीति
मंसिर ६ काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल तीन सय मतले पछाडि परेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल अगाडि छन् ।उनी २२ सय ४४ मतसहित अग्रस्थानमा रहँदा विष्णुले १९ सय ४४ मत ल्याएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले १४ सय ६१ मत मात्र ल्याएका छन् ।...
मकवानपुर २ मा विरोध खतिवडाले लिए अग्रता

मकवानपुर २ मा विरोध खतिवडाले लिए अग्रता

राजनीति
मंसिर ५ काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् ।खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याउँदा उनलाई एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मतका साथ पछ्याइरहेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ सय १ मत ल्याएका छन् । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा खतिवडा विजयी भएका थिए ।...
बर्दिया २ मा रेशम चौधरीका बुवाले लिए अग्रता

बर्दिया २ मा रेशम चौधरीका बुवाले लिए अग्रता

राजनीति
मंसिर ५ काठमाडौं । बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएका छन् ।नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौंरले एक हजार दुई मत पाएका छन् । स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा हुन् ।...
रौतहट १ मा माधव कुमार नेपाल अग्रता

रौतहट १ मा माधव कुमार नेपाल अग्रता

राजनीति
मंसिर ५ काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् ।रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा उनले ७ सय २९ मत प्राप्त गरेका छन् ।नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन् । उनले ६ सय ५४ मत प्राप्त गरेका छन् ।
झापा ५ मा ओलीको फराकिलो अग्रता

झापा ५ मा ओलीको फराकिलो अग्रता

राजनीति
मंसिर ५ काठमाडौं । झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामा फराकिलो अग्रता लिएका छन् ।अहिलेसम्म गणना भएको ६२१५ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् । 
डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

राजनीति
 मंसिर ५ काठमाडौं । प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् ।हालसम्म गनेको १ हजार मत मध्ये प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मत सहति अग्रता कायम गरिरहेका छन् भने, उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । १ हजार मत गन्दा सागर ढकालले २ सय ४१ मत पाएका छन् भने, नेपाली कांग्रेस विपिका उम्मेदवार कर्णबहादुर मल्लले २ सय ९ मत प्राप्त गरेका छन् ।...
कैलाली ५ को मतगणना स्थल बाहिर नाराबाजी

कैलाली ५ को मतगणना स्थल बाहिर नाराबाजी

राजनीति
मंसिर ५ काठमाडौं । कैलाली क्षेत्र नम्बर ५ को मतगणना स्थलबाहिर नाराबाजी सुरु भएको छ । मतगणनामा ढिलाई भएको भन्दै एमाले, स्वतन्त्र उम्मेदवारका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।कैलाली ५ मा कांग्रेसले वडागत मतगणना गर्नुपर्ने अडान राखेको छ भने अन्य दलले त्यसलाई स्वीकारेका छैनन् । विवादकै बीच मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि उनी आरम गरिरहेका छन् । मुख्य निवाृचन अधिकृतको स्वास्थ्य समस्यासँगै कैलाली ५ को मतगणना अनिश्चि बनेको छ ।...