Advertisement

समाचार

रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

समाचार
बैशाख १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ ।मंगलबार उपचारका क्रममा दिउँसो २ बजेतीर काठमाडाैकाे मेडासिटी अस्पतालमा थापाकाे निधन भएकाे हाे ।चितवन - २ मा उपनिर्वाचनकाे प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइ मेडासिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।...
चितवन-२ मा रवि लामिछाने भारि मत सहित विजयी

चितवन-२ मा रवि लामिछाने भारि मत सहित विजयी

समाचार
बैशाख १२ काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने अत्यधिक मतले विजयी भएका छन् ।उनले ५४ हजार १७६ मत सहित विजयी भएका छन् ।उनका निकटतम नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।...
सुनापतिमा भाग नमिल्दा राष्ट्रपति रनिङ शिल्डको खर्च विवरण सार्वजनिक हुन्न सकेन

सुनापतिमा भाग नमिल्दा राष्ट्रपति रनिङ शिल्डको खर्च विवरण सार्वजनिक हुन्न सकेन

समाचार
चैत्र २० रामेछाप । सुनापति गाउँपालिका खेलकुद विकास समितिले चौथो सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आर्थिक आयब्याय करिब २ महिना हुन्न लाग्दा पनि सार्वजनिक नगरेको भन्दै गुनासो गरेका छन् ।खेलकुद विकास समितिले प्रतियोगिताको नाममा खर्च गरेको हिसाब नै सार्वजनिक नहुन्नाले हिनामिनाको आसंका बढेको छ । सुनापति गाउँपालिकाले छुटाएको २० लाख रकम मध्ये कति कहाँ कसरी र केका लागि खर्च गरियो भन्ने, अहिले सम्म अतोपतो छैन ।यसबारे खेलकुद विकास समितिका अध्यक्ष होम बहादुर खपाङी मगरको प्रतिक्रिया माग्दा उहाँले, समितिका कोष अध्यक्ष, सचिब लगाएत सम्पूर्ण टिम भाग नमिल्दा कोष अध्यक्ष, सचिब कार्यक्रम र बैठक बहिस्कार गरि काठमाण्डौ हिडेको बताउनु भयो। त्यस्तै सुनापति गाउँपालिकाले भने, खेलकुद विकास समितिले बुझाएको खर्चको बिल भन्दा धेरै भुक्तानी गरेको पाएको छ ।...
सुनापति गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बिचको खिचातानिले  प्रमुख प्रशासकीय अधिकृत विहिन

सुनापति गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बिचको खिचातानिले प्रमुख प्रशासकीय अधिकृत विहिन

समाचार
चैत्र १३ रामेछाप । सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीको एकाएक सरुवा गरेपछि सुनापति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बिहिन हुँदा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कामकाज प्रभावित भएको छ ।सुनापति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी सम्हाल्न विष्णु प्रसाद सुवेदी गत असोज महिनामा गाउँपालिकामा हाजिर भएका थिए ।स्रोतका अनुसार प्रमुख प्रशासकिय अधिकृत विहिन हुन सोभनिय नभएको सेवाग्राहीहरुले आरोप समेत लगाएका छन् । नागरिकहरुलाई छिटोछरितो सेवा दिनुको सट्टा उल्टै अध्यक्ष र उपाध्यक्ष बिचको आपसी राजनितिक खिचातानि सङ्गै आपसी छलफल, सरसल्लाह समझदारी हुन नसक्दा प्रमुख प्रशासकिय अधिकृत सुवेदी सुनापति गाउँपालिकाबाट मन्त्रालयमा सरुवा भएका हुन । गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत विहिन भएको करिब दुई महिना वित्न लाग्यो । तर प्रमुख प्रशाकिय अधिकृतको आउने अत्तोपत्तो...
सुनापति गाउँपालिका अध्यक्ष तामाङको भ्रामक समचार सम्प्रेषण

सुनापति गाउँपालिका अध्यक्ष तामाङको भ्रामक समचार सम्प्रेषण

समाचार
पौष १ रामेछाप । रामेछाप जिल्ला सुनापति गाउँपालिकाको अध्यक्ष ठुलाकान्छा तामाङ माथि विभिन्न भ्रामक समाचार प्रचार गरी गाउँपालिकाको कामकाज गर्न समेत असहज वातवरण बनाएको भन्दै दु:ख ब्यक्त गर्नुभएको छ ।केहि दिनदेखि मदक पदार्थ सेवन गरि झगडा गरेको र फरार भएको आरोप विभिन्न अनलाईन मिडियाद्वारा समचार सम्प्रेषण भए पश्चात अध्यक्ष तामाङले सुनापति न्युज डटकमसँग भने, सुनापति गाउँपालिकाको विकास र व्यक्तिको मानहानी गर्ने उद्देश्यले विभिन्न माध्यमबाट गलत समाचार सम्प्रेषण भईरहेको छ। स्थानियहरुसंग कुराकानी गर्दैगर्दा भनाभन चलेको र उक्त कुरा त्यहि समाप्त भएर मिलिसकेको थियो। तर ,गाउँपालिका र मेरो व्यक्तिगत जिवनमा समेत आच पर्ने भ्रामक समाचार प्रचार गरिएकाले उक्त समाचार प्रति पालिका र म स्वयम लागि परि कानुनी उपचारमा लाग्न वाध्य नगराउन अनुरोध गर्नुभयो ।म पालिकाको विभिन्न कामको लागि दौडधूपमा व्यस्त छु ।वरु विकास निर्...
काठमाडौंका नौ सांसदलाई बालेनको बधाई, भन्छन्- सहकार्य गरी काठमाडौं बनाउन आतुर छु

काठमाडौंका नौ सांसदलाई बालेनको बधाई, भन्छन्- सहकार्य गरी काठमाडौं बनाउन आतुर छु

समाचार
मंसिर ८ काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले जिल्लाका नवनिर्वाचित नौ सांसदलाई बधाई तथा शुभकामना दिएका छन् । उनले नवनिर्वाचित सांसदहरूसँग सहकार्य गरी राम्रो काठमाडौं बनाउन आतुर रहेको जनाएका छन् ।उनले हालै सम्पन्न निर्वाचनमा सबै उम्मेदवारको कोसिसप्रति आफ्नो सम्मान पनि रहेको बताएका छन् । काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन नवनिर्वाचित सांसदहरू सबैको साथ आवश्यक हुने उल्लेख गरेका छन् । ‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ । काठमाडौं महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयमा काठमाडौं महानगर जोडिनुपर्ने अवस्था हुन्छ । काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर कतिपय समस्या, कार्यक्षेत्...
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

समाचार
मंसिर ६ काठमाडौं । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।उनले निकटतम् प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७७ मत पाउँदा एमालेका गुरुङले २ हजार २ सय ४७ मत पाएका छन् ।विजयी भएका गुरुङ मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । ०७० मा संविधानसभा सदस्य बनेका उनी श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।...
विद्यालयको अस्थायी टहरा हटाउन वडाअध्यक्ष थिङलाई निर्वाचनको प्रभाव

विद्यालयको अस्थायी टहरा हटाउन वडाअध्यक्ष थिङलाई निर्वाचनको प्रभाव

समाचार
१६ कार्तिक २०७९ – रामेछाप । रामेछाप जिल्ला सुनापति गाउँपालिका ३ नं. वडा साँदीडँडामा विद्यालयको अव्यवस्थित टहराहरु हटाउन पटक पटक सुचना निकाल्दा पनि हटाउन सकिएन । यस अघि पनि पशुपति मा.वि. को विद्यालय व्यवस्थापन समितिले एक सुचना जारी गर्दै ३५ दिने भित्र टहरा हटाएर विद्यालयको जग्गा सिमाङ्कन गर्ने भनिएको थियो । तर उक्त सुचना कार्यन्वयनमा आउन सकिएन । विद्यालयको जग्गाबाटै सडक निर्माण भएको छ । विद्यालयकै जग्गाभित्र अव्यवस्थित ढंगले अस्थायी टहरो निर्माण गरिएको छ, विद्यालयको जग्गा संरक्षण गर्न तारवार गरिएको छैन । जसको कारण विद्यालयले आफ्नो जग्गा लिने कुरा थप जटिल बन्दै गएको छ । गाउँपालिकाको केन्द्र भएको कारणले पनि हाल अस्थायी टहरो निर्माण गरिएको ठाउँमा धेरैको आँखा पर्ने गरेको छ । विद्यालयको जग्गासँग जोडेर स्थायी संरचना निर्माण गर्दा पनि विद्यालयले आफ्नो जग्गा छुटाउने जाँगर देखाएको छैन् ।गत स्थानिय न...
यात्रुसँग बढी भाडा असुल्दै सुनापति यतायातका सुमो: गाउँपालिकाका र प्रहरी प्रशासन माैन !

यात्रुसँग बढी भाडा असुल्दै सुनापति यतायातका सुमो: गाउँपालिकाका र प्रहरी प्रशासन माैन !

समाचार
१४ असोज २०७९ – रामेछाप । काठमाडौंको कोटेश्वर, जडीबुटी र भक्तपुर देखि रामेछापको सुनापति गाउँपालिकाको विभिन्न गाउँगाउँमा छुट्ने सुनापति यतायातका टाटा सुमोले यात्रुसँग चाडपर्वको मौका छोपी दोब्बर भाडा अशुल्ने क्रम तीव्र भएको छ । यात्रुको चाप बढ्दै गएपछि रिजर्भ जाने बाहनामा यात्रुसँग दोब्बर भाडा अशुल्न सुरु गरेका हुन् ।चाडबाडको बेला अनिवार्य यात्रा गर्नुपर्ने यात्रुको बाध्यतालाई सवारीधनीले मौकाको फाइदाको रुपमा लिने गरेको सर्वसाधरणको गुनासो छ।अहिले काठमाडौंबाट छुट्ने अधिकांश सुनापति यतायातका टाटा सुमोहरुले टिकट दिएका छैनन् । तोकेको ६००,७००,८०० सय रुपैयाँ भाडालाई १२००, १३००, १५०० सय रुपैयाँ तिरेका छन् । टिकट काउन्टर बन्द गरेर बाहिर दलाल मार्फत दोब्बर भाडा अशुल्ने गरेका छन् ।देशमा संघीयता आयो, स्थानीय सरकार र प्रदेश सरकार पनि आए तर रामेछापमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ), (डीएसपी) पनि धेरै फेरिए ...
सुनापति गाउँपालिकाका निवर्तमान अध्यक्ष लामाद्वारा जनतालाई धन्यवाद ज्ञापन गर्दै विदा

सुनापति गाउँपालिकाका निवर्तमान अध्यक्ष लामाद्वारा जनतालाई धन्यवाद ज्ञापन गर्दै विदा

समाचार
रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको निवर्तमान अध्यक्ष धावा लामाले सुनापति गाउँपालिका बासी जनतालाई धन्यवाद ज्ञापन गरेका छन् । नेकपा माओवादी केन्द्र केन्द्रिय अनुशासन विभागका सदस्य तथा प्रभावशाली नेता समेत रहेका लामाले आफूले सुनापतिको समृद्दिको यात्रा र आफ्नो पार्टीलाई फेरि विश्वास गरेकोमा आफू हर्षित भएको बताएका छन् । आफ्नो नेतृत्वमा सुनापति गाउँपालिकामा जनताको माग र आवश्यकतालाई केन्द्रमा राखी आफूहरुको क्षमताले भ्याएसम्म राम्रो गर्ने कोसिस गरेको बताउँदै मुल्यांकन गर्ने जिम्मा पार्टीको नेता तथा आम जनतामा सुम्पेको बताए । ‘हामिले बोकेको बिचार र आदर्श, सहित सहीदहरूले खोजेको सुनापति र सबै जनताको माग र आवश्यकतालाई मध्यनजरमा राखी हामीले हाम्रो टिमले भ्याएसम्म समृध्द सुनापतिको यात्रा अघि सार्यौं।’ स्थानिय निर्वाचन पछि जित हासिल गरेपश्चात् विजयसभा कार्यक्रममा आफ्नो भनाई राख्दै भनेका छन्, ...